नियम ६५
मध्यस्थको खर्च
: (१) ऐनको दफा ११९ को उपदफा (३) बमोजिम नेपाल सरकारले गठन गरेको मध्यस्थको पारिश्रमिक, मध्यस्थकर्ताले विवाद समाधानको सिलसिलामा वार्ता वा छलफल गर्दा लाग्ने व्यवस्थापन खर्च, खाजा तथा खाना खर्च, यातायात खर्च जस्ता भैपरी आउने खर्चको बील बमोजिमको रकम नेपाल सरकारले व्यहोर्नेछ।
(२) मध्यस्थको पारिश्रमिक वा भत्ता सुविधा मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिर्इ निर्धारण गरेको मापदण्ड बमोजिम हुनेछ।